भोकमरीले भारतमा गरिबले मृत कुकुरको लाश खाँदै गरेको भिडियो राख्दै लेखे यो मोदीले देखुन् [भिडियोसहित]


काठमाडौं । कोरोना महामारीका कारण भारत अहिले संकटमा परेको छ । अहिलेको जानकारी अनुसार भारतमा संक्रमितहरुको संख्या १ लाख २० हजार नजिक पुगेको छ । भारतमा गएको झण्डै दुई महिनादेखि लागु भएको लकडाउनका कारण निकै गम्भीर समस्या देखिएको छ ।

 

यस्तै एक भिडियो बाहिर आएको छ । भारतका एक व्यक्तिले मृत कुकुरको काँचो मासु खाइरहेको भिडियो भाइरल भएको छ । राजस्थान राजमार्गमा गाडी हाँक्दै आएका प्रद्युम्न सिंह नरुकाले देखेको एक दृश्यले सबैको होस उडाएको छ । उनले एक भारतीय नागरिक सडकमा मृत कुकुरको लाश खाइरहेको देखे ।

 

यस घटनाले भारतमा कोरोनोभाइरससँगै लकडाउनबीच भोक र गरिबीले जनता कतिसम्म संकटमा छन् भन्ने प्रष्ट भएको छ । सामाजिक सञ्जालमा उनले राखेको भिडियोमा उनले भने, ‘यो मानिस सडकमा कुकुरको मासु खाँदैछ ।’ कार रोकेर उनले ति मान्छेलाई सोधे, ‘तिमीसँग खानेकुरा छैन ? तिमी के खाँदै छौ ? यो नखाउँ तिमी मर्छौ ।’ त्यसपछि उनले त्यस मान्छेलाई सडकको छेउमा उभिन निर्देशन दिए ।

 

त्यसपछि आफ्नो मुख रूमालले छोपेर उनले ति व्यक्तिलाई खाजा र पानीको एक बोतल दिए । कुनै हिचकिचाहट बिना, ति भोका मान्छे खाना खान शुरू गर्दछन् । जब नरुकाले उनलाई पृष्ठभूमिको बारेमा प्रश्न गरे । उनले ति मान्छेलाई पैसा दिन्छु भने तब सबै कुराको खुलासा भयो । त्यसपछि नरुका भन्छन्, ‘मैले यो मान्छे जनावर खाइरहेको देखे, म दिल्ली जाँदै गर्दा सडकमा यस्तो देख्नुपर्यो । यदि तपाईं बाटोमा कसैलाई यस्तो हातलमा देख्नुहुन्छ भने, कृपया तिनीहरूलाई मद्दत गर्नुहोस् र यो भिडियो सरकारसँग साझा गर्नुहोस् जति सक्दो गर्नुहोस्।’

 

आफ्नो फेसबुक पेजमा क्लिप साझेदारी गर्दै, नरुकाले लेखे, ‘राजस्थानको शाहपुरा स्थित दिल्ली–जयपुर राष्ट्रिय राजमार्गमा देखिएको दृश्य हेर्दा मानवतालाई लाज लाग्छ, जब एक जना मजदुर भोकका कारण मृत कुकुर खान बाध्य छन् । कसैले पनि उस्लाई सहयोग गर्न सकेन् । मैले उसलाई खुवाएँ र उसलाई पैसा पनि दिएँ । यदि तपाईले कसैलाई भोकाएको देख्नु भयो भने कृपया सहयोग गर्नुहोस् ।’ अहिले यो भिडियो सबै तिर भाइरल भइरहेको छ ।

 

ट्विटर प्रयोगकर्ताहरुले वर्तमान समयमा सत्तामा रहेको राजनीतिक दल भारतीय जनता पार्टी (भाजपा) को आलोचना गरिरहेका छन् । ए्कजनाले लेखे, ‘यो हृदय विदारक हो । कोही यसको लायक छैन । ऊ मृत कुकुरको लाश खाँदैछ ।’ उनले मोदीलाई ट्याग गर्दै भारतले गरिबको यो कष्टलाई बिर्सिएन र गरिबको अपमान गर्यो भनेका छन् । अर्का एकजनाले भारतको वर्तमान रेल तथा वाणिज्य मन्त्री पियुष गोयललाई दोषि मानेका छन् ।

 

उनले लेखे, ‘जब पियुष गोयलले कोही भोकाएको छैन भने उनले यो देख्नुपर्दछ । देख्न सक्दैन, यहाँ दुःखको कल्पना गर्न सक्दैन ।’ हाल हजारौं आप्रवासी कामदारहरू भारत भरिका शहरहरूबाट आफ्नो घर गइरहेका छन् । त्यहाँ मजदुरहरू ज्यान जाने, भोकमरी सहेर बस्ने मात्रै नभई आधारभूत आवश्यकताहरू बिना हिड्ने असंख्य रहेका छन् । लकडाउनका बीचमा मोदी सरकारको कमजोर व्यवस्थापनको परिणाम जनताले भोग्दै आएका छन् । News

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता