कोरोना महामारी : पूर्वसांसद शाहद्वारा कर्णाली प्रदेशलाई करोडको स्वास्थ्य सामाग्री प्रदान


काठमाडौं । अहिले नेपाल लगायत विश्वभर कोरोना महामारी एक गम्भीर संकटका रुपमा देखिएको छ । नेपालमा अहिलेको ताजा जानकारी अनुसार ३ जनाको मृत्यु भैसकेको छ । संक्रमितहरुको संख्या ५१६ पुगेको छ । संक्रमितहरुको संख्या लगातार बढ्दैछ । नेपालजस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देशमा यो अझ थप संकटपुर्ण देखिएको छ । अहिले सरकारी र निजी क्षेत्रको पहलमा यस्लाई सक्दो कम गर्ने प्रयासहरु भइरहेका छन् ।

पूर्वसभासद राजीवक्रिम शाहले कर्णाल प्रदेशका अस्पतालहरुलाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । आज(शुक्रवार) सुर्खेतको बीरेन्द्रनगरमा उहाँले उक्त सामाग्री कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गर्नुभएको हो । सुर्खेतस्थित प्रदेश अस्पताललाई एउटा भेन्टिलेरसहित ५ वटा आइसीयू बेड, इसीजी मेसिन, प्यासेन्ट मनिटरसहित ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यस प्रदेशका जाजरकोट, दैलेख, कालिकोट, हुम्ला, पश्चिम रुकुम, सल्यान, मुगु र डोल्पाका जिल्ला अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सागाग्री सहयोग गरिरएको छ । नेता शाह अध्यक्ष रहेको कुमारी ट्रष्टसँग मिलेर लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएकी माया राणाले आर्थिक सहयोग गर्नुभएको हो ।

समाजसेवी राणाले आफ्ना स्वर्गीय पिता प्रभाकर समशेर राणाको वार्षिक पुण्य तिथिको अवसरमा ट्रष्टमार्फत सहयोग प्रदान गर्नुभएको हो । स्वास्थ्य सामाग्री बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला गरिएको सहयोग सधै स्मरणिय हुने बताउँदै सहयोगीदात्ता राणा र पहलकर्ता शाह दुवैप्रति आभार व्यक्त गर्नुभयो । शाहले कर्णाली प्रदेशका पत्रकार, नेपाल प्रहरी, स्वास्थ्यकर्मीलाई माक्स, सेनिटाइजरलगायतका सामान पनि प्रदान गर्नुभएको छ ।

शाहले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, नेपाल प्रहरीका डिआइजी बसन्तराज पन्तमार्फत उक्त सामाग्री हस्तानतरण गर्नुभएको हो । यस काममा सहयोग पुर्याउने माया राणा, हौसला, सल्लाह, सुझाव दिने कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माप्रति पनि समाजसेवी शाहले कृतज्ञता प्रकट गर्नुभएको छ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता