चार किरियापुत्रीसहित ३७८ को उद्धार


बैतडी । किरियापुत्रीसहित सीमानाका झुलाघाटबाट ३७८ को आज उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित सो सङ्ख्यामा सीमानाका झुलाघाटबाट उद्धार गरिएको हो । उद्धार गरिनेमा बैतडीका १६२, बझाङका १००, बाजुराका ३०, अछामका तीन, डडेल्धुराका पाँच, दार्चुलाका ११ र कञ्चनपुरका छ जनासहित १२ जिल्लाका नागरिक रहेका छन् ।

 

सीमानाकामा सामान्य चेकजाँच मात्रै गरेर नेपाली नागरिकलाई स्वदेश ल्याइएको हो । सीमानाका झुलाघाटबाट फर्केका नागरिकलाई सम्बन्धित जिल्ला पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । यसअघि गत वैशाख १८ गते पनि झुलाघाट नाकाबाट नेपालीको उद्धार गरिएको थियो ।

 

यसैबीच सीमानाका झुलाघाटबाट ११ भारतीय नागरिक पनि स्वदेश फर्केका छन् । नेपाल र भारतका स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार दुवै देशका अलपत्र परेका नागरिकलाई आआफ्ना देशमा आवतजावत गर्न दिइएको हो । दश दिनदेखि भारतीय क्वारेन्टाइनमा बसेर किरिया गरिरहेका चार जनाले आज मात्रै स्वदेश फर्कन पाएका छन् ।

 

काठमाडौं । विश्वभर महामारीको रुपमा देखा परेको कोरोना नेपालमा पनि भयावह बन्दैछ । आज थप ९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएसँगै नेपालमा यस्को संख्या बढेको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको हो । नेपालमा अहिलेसम्म ७१ जना डिस्चार्ज भएका छन, भने ३ जनाको मृत्यु भैसकेको छ । विश्वको कुरा गर्ने हो भने संक्रमितहरुको संख्या ५२ लाख ४३ हजार पार गरेको छ । जयान गुमाउनेहरुको संख्या पनि ३ लाख ३५ हजार भन्दा धेरै रहेको छ । निको हुनेहरु २१ लाख १२ हजार भन्दा धेरै रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता