आज एकै दिन ५९ जना कोरोना संक्रमित कहाँ–कहाँका हुन् ? [विवरणसहित]


काठमाडौ । आज शुक्रबार एकै दिन ५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ५ सय भन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन ५९ जना संक्रमित पुष्टि भई कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सर्लाही जिल्लामा १५, बाँकेमा १४ जना, कपिलवस्तुमा ९, बारामा ६, कैलाली र नवलपरासीमा ३र३, चितवनमा २, नवलपरासी पूर्व, सप्तरी, भक्तपुर, मोरङ, डडेल्धुरा, बैतडी र मकवानपुर जिल्लामा १र १ जना संक्रमित भेटिएका छन् ।

 

सर्लाहीको गौडेता नगरपालिका र बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । बाँकेका १३ जना नरैनापुर गाउँपालिकाका र एक जना राप्ती सोनारी गाउँपालिकाका हुन् । बाराको ६ जना संक्रमित सिम्रौनगढ नगरपालिकाका हुन् । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

 

कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका संक्रमित भेटिएका हुन् । नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ । चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङमा भेटिएका संक्रमित रतुवामाई नगरपालिका-२ का हुन् ।

 

एक महिनापछि सुदूरपश्चिममा ५ जना

एक महिनापछि सुुदूरपश्चिममा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार कैलालीमा ३ जना, डडेल्धुरा र बैतडीमा एक÷एक जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुष रहेका छन् । डडेलधुराको परशुराम९१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता