डोल्पाको शे–फोक्सुण्डो निकुञ्जमा प्रहरीले यस्तो देखेपछि…


काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो निकुञ्जबाट गस्ती टोलीले २० था’न भ’रुवा ब’न्दु’क र तीन था’न घोरलको छाला ब’राम’द गरेको छ ।निकुञ्जबाट खटिएकोे गस्ती टोलीले त्रिपुरासुन्दरी नगरपालिकाका रुम र रसी तथा ठूलीभेरी नगरपालिकाका परिला र रह क्षेत्रबाट बेवारिसे अवस्थामा २० था’न भ’रुवा ब’न्दु’क, एक था’न नाल र तीन था’न घोरलको छाला ब’राम’द गरिएको निकुञ्जले जनाएको छ । ब’राम’द गरिएका भ’रुवा ब’न्दु’क र छाला निकुञ्ज कार्यालय सुलीगार्डमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिनुभयो ।

अवैध चोरी शिकारी रोक्नका लागि निकुञ्जले हात हति यार खोजी गर्ने अभियान सञ्चालन गरेपछि सो परिमाणको भ’रुवा ब’न्दु’क र छाला बेवारिसे रूपमा फालिएको अवस्थामा ब’राम’द गरिएको बताइएको छ । बेवारिसे अवस्थामा फेला परेका भ’रुवा ब’न्दु’क कसका हुन्, कसले चोरी शिकारी गरेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई आफूसँग भएका हात हति यार बुझाउन ३५ दिने सूचनासमेत जारी गरिएको प्रमुख संरक्षण अधिकृत पौडेलले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुलगायत वन पैदावारको चोरी तस्करी रोक्नका लागि पछिल्लो समयमा निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्मका सेना र निकुञ्जका कर्मचारीले नियमित गस्ती गर्ने गरेका छन् ।

देशकै गहनाका रूपमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा हुने चोरी तस्करी हुनबाट जोगाउनका सेनालाई नियमित गस्तीमा खटाइरहेको गुल्मपति लेखनाथ कटुवालले जानकारी दिनुभयो । दश दिनको अवधिमा ठूलो परिमाणमा भरुवा ब’न्दु’क र संरक्षित वन्यजन्तुको छाला फेला पार्नु निकुञ्जका लागि ठूलो सफलताको कुरा भएको कटुवालको भनाइ छ ।

मध्यवर्ती क्षेत्र विकास कार्यक्रम र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा निकुञ्जका १७ वटा मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण उपसमिति गठन गरेको छ । शे–फोक्सुण्डो निकुञ्जमा दुर्लभ वन्यजन्तु हिँउ चितुवासमेत पाइने गर्छ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता