काठमाडौं । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटीमा पोजेटिभ देखिएका नौ जनाकै रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर विधिबाट परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकामा यही जेठ ४, ५ र ६ गते गरिएको कोरोना परीक्षणमा चार सफाइ मजदूर एव पाँच जनप्रतिनिधि तथा कर्मचारीको रिपोर्ट पोजेटिभ देखिए पनि नमूना परीक्षणका लागि टेकु पठाइएको थियो । रिपोर्ट पोजेटिभ देखिए पनि त्रिभुवन विश्वविद्यालय र राराहिलको क्वारेन्टिनमा राखिएका उनीहरुलाई घर पठाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु