काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोनाका कारण अमेरिकामा झण्डै एक लाख जनाको ज्यान गएको छ । अहिले अमेरिकामा ९८ हजार ६८३ जनाको ज्यान गएको छ । यो बीचमा राष्ट्रपति डोनल्ड ट्रम्प पटक–पटक विवादमा पर्दै आएका छन् । यो सँगै महामारीका बेला गल्फ खेलेको भन्दै आलोचना सुरु भएको छ । उनी पछिल्लो ७५ दिनमा पहिलो पटक आफ्नो नीजि गल्फ कोर्समा खेल्न गएका थिए ।

शनिबार बिहानै वासिङ्टन डिसीमा पत्रकारले राष्ट्रपति ट्रम्पलाई सेतो पोलो सर्ट र सेतो बेसबल क्यापसहितको गल्फ पहिरनमा देखेका थिए । ह्वाइट हाउस छोड्नुअघि उनी कता जान लागेको केही खुलासा भएको थिएन । राष्ट्रपतिसँगै भएका सिक्रेट सर्भिस एजेन्टले मास्क लगाइरहेको देखिएका थिए भने ट्रम्पले भने आफ्नो अनुहार ढाकेका थिएनन् । पछि उनलाई भर्जिनियास्थित स्टेरलिङमा आफ्नो नीजि गोल्फ क्लबमा खेलिरहेको देखिएको थियो ।

तत्पश्चात् विवाद निम्तिएको हो । सन् २०१६ मा आफ्नो चुनावी अभियानमा ट्रम्पले आफ्ना समर्थकलाई भनेका थिए, ‘म तपाईँहरुका लागि काम गर्नेछु । मसँग गल्फ खेल्नका लागि समय हुनेछैन ।’ यद्यपि, राष्ट्रपतिको रुपमा चयन भएपछि ट्रम्पले दुई सय बढी पटक गल्फ खेलिसकेका छन् । पछिल्लो पटक उनले मार्च महिनामा गल्फ खेलेका थिए । मार्च महिना देखि नै अमेरिकामा कोरोनाभाइरसले ताण्डव मच्चाउन सुरु गरेको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु