काठमाडौ । नेपाली कांग्रेसका चर्चित नेता एवं संघीय सांसद डाक्टर मिनेन्द्र रिजाल पछिल्लो समय खुबै चर्चामा छन् । भारतिय मिडियामा रिजालले दिएको अभिव्यक्ति र राष्ट्रप्रेमको भावनाका कारण उनी सबैको प्रसंशाको पात्र बनेका छन् । देशभित्रको राजनीतिमा म प्रतिपक्ष होला तर राष्ट्र र राष्ट्रियताको सवालमा म सँधै सरकार र राष्ट्रको पक्षमा छु भन्दै चट्टानी अडान राखेपछि उनलाई सारा नेपालीले सम्मान गरिरहेका छन् ।

 

उनको पार्टीका समर्थक मात्र हैन सबै नेपाली र सबै विचारकहरुले उनलाई सम्मान व्यक्त गरिरहेका हुन् । सरकारसँग विभिन्न विमति भए पनि सिमानाको विषयमा हाल सरकारले लिएको अडानको पक्षमा आफूहरु पनि उभिएको बताउँदा भारतका मिडियामा रुवाबासी भएको थियो । नेता रिजालले भारतीय च्यानल ‘रिपब्लिक टेलिभिजन’मा ‘दि डिबेट’ कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । भारतमा संस्थापन पक्षधरको रुपमा चिनिएका पत्रकार अर्नव गोस्वामीसँगको अन्तर्वार्तामा रिजालसँगै नेपाली दुई पत्रकार प्रकास रिमाल र सुवास घिमिरे पनि थिए ।

 

अन्तर्वार्तामा नेता रिजालले पत्रकार गोस्वामीसँग कडा सवालजवाफ गरेको विषयले सामाजिक सञ्जालमा पनि महत्व पाएको छ । रिजालले अन्र्तवार्ता अबधिभरी नै अर्नवलाई झपारिरहेका हुन्छ । अर्नवले अन्तर्वार्तामा ह्यासट्यागको रुपमा ‘चीनले नेपाललाई प्रयोग गर्छ‘ भन्ने वाक्यलाई बहसको विषय बनाएका थिए । बहसमा चीन र नेपालको सम्बन्धलाई लिएर जसरी भारतीय पत्रकारले आरोप लगाए रिजालले त्यसलाई खारेज गरे ।

 

रिजालले नेपाल भारतसँग जस्तै चीनसँग पनि मित्रता राख्न चाहने बताएका थिए । साथै पत्रकारलाई जवाफ दिँदै उनले भने, ‘कोसँग मित्रता राख्ने र कोसँग नराख्ने भन्ने हामी निर्णय गर्छौँ, तपाईँले आफ्नो कुरा हामीलाई भन्न नलगाउनूस् ।’ तपाईले हामीलाई सिकाउन जरुरी छैन । अझ रोचक कुरा त के छ भने कार्यक्रमको सुरुवातमा अर्नवले उठाएको सवाल र एकोहोरो बोलिरहेको विषयबाट नै रिजालले आपत्ति जनाउँन थाले ।

 

उनले सिँधै भने नेपालमा यसरी अन्र्तवार्ता लिइन्न । कार्यक्रम सञ्चालकको प्रवचन न दर्शकले सुन्छ न अतिथीले नै । तिम्रो फोस्रो भाषण तिमी आँफै राख भन्दै रिजालले सुरुमा नै झपारे । भारतीय पत्रकार र वक्ताहरु भने बहसको क्रममा सीमा विवादको मुद्दा भन्दा पनि चीनसँग नेपालको सम्बन्धलाई लिएर दोषारोपणमा उत्रिएका थिए । उनीहरुले चीन कसैको मित्र हुन नसक्ने र अहिले नेपाललाई प्रयोग गरिरहेको आरोप लगाएका थिए ।

 

जब कि, नेता रिजालले सीमाको विषयलाई ‘डाइभर्ट‘ गर्न खोजिएको भन्दै नेपाल सरकारले नक्सा सार्वजनिक गरेको निर्णयलाई खुलेर प्रशंसा गरे । पत्रकार अर्नव, भारतीय नेता तथा वुद्धिजीवीले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारत नै लामो समयदेखि वार्ताको लागि तयार नरहेकोमा प्रतिप्रश्न गरेका थिए । रिजालले भारतीय मिडियाको एकपक्षीय आरोपबाट आफुहरु निराश भएको पनि प्रतिक्रिया दिएका थिए । र यस्तो तरिकाबाट समस्या समाधान नहुने बरु संवादका लागि तयार रहनुपर्ने सुझाव पनि दिए । भारतीय टेलिभिजन प्रस्तोता अर्नव पछिल्लो समय त्यहाँ सत्तारुढ दल भारतीय जनता पार्टी निकट तथा हिन्दुत्वको नाराको पक्षमा वकालत गर्ने पत्रकारको रुपमा चिनिन्छन् ।

 

कतिपय अन्तर्वार्तामा उनले जातीय तथा धार्मिक खलबल निम्त्याउने दोषारोपण समेत गर्ने गरेका छन् । यही विषयलाई लिएर उनी कतिपय सार्वजनिक स्थलमा अपमानित समेत हुनु परेको छ । यता रिजालको प्रस्तुतीलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा भएको छ । उनले राष्ट्रियताको सवालमा जिम्मेवार विपक्षी दलको नेताको रुपमा देखाएको परिपक्वताको प्रशंसा गरिएको छ ।

 

सामाजिक सञ्जालमा उनले सीमा रक्षा र राष्ट्रियताबारे दिएको अभिव्यक्तिलाई लिएर फेसबुक तथा ट्वीटरमा शेयर गर्न थालेका छन् । पत्रकारहरु प्रकास रिमाल र सुवास घिमिरेले पनि बहसलाई प्रस्तोताले विषयान्तर गरेकोमा आपत्ति जनाएका थिए । उनीहरुले सीमाबारे बहस केन्द्रित गर्न आग्रह गरेका थिए । साथै कालापानी क्षेत्र नेपालको भएको विभिन्न ऐतिहासिक प्रमाण र तथ्यले पुष्टि गर्ने पत्रकार घिमिरेको भनाइ थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु