काठमाडौ । प्रदेश नम्बर २ अन्तर्गतको जिल्ला सप्तरीमा २ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । २ नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ५ पुगेको छ । नयाँ भेटिएका दुवै संक्रमित सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका हुन । भेटिएका दुवै संक्रमित क्रमशः २२ र ३५ बर्षिय पुरुष रहेका छन ।

 

उनीहरु भारतको मुम्बईबाट नेपाल फर्किएका थिए । नेपाल फर्किए लगतै उनीहरुलाई डाक्नेश्वरीकै क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको परिक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । हिजो साँझ मात्र उनीहरुको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

 

उनीहरु राजविराजमा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिदैछ । उनीहरुको त्यहि आइसोलेसनमा राखेर उपचार गरिने डाक्नेश्वरी नगरपालिकाका प्रशासन प्रमुख बसन्त कुमार दासले बताए । साथै , दुवै संक्रमितको अवस्था सामान्य रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु