काठमाडौ । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सर्वोत्कृष्ट ‘द एम्बेसडर क्लब अफ दी इजरायल’ अवार्ड प्राप्त भएको छ । इजरायलको ७२ औ स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली राजदूत डा. शाक्यलाई उक्त ‘एम्बेसडर अफ दी इयर २०१९–२०२०’ सर्वोत्कृष्ट अवार्डबाट सम्मान गर्ने घोषणा भएको हो ।

 

इजराइलका राजदूत डाक्टर शाक्य ९० वटा देशका दुतावासहरु रहेको इजरायलमा यो सर्वोत्कृष्ट अवार्डबाट सम्मानित बनेकी हुन्। दिवसको अवसरमा ९० वटै देशका राजदूतले नेपाली राजदूत डा. शाक्यको पक्षमा उक्त अवार्डको लागि मत जाहेर गरेपछि डा. शाक्य सम्मानित बनेकी हुन्।

 

इजरायलका लागि नेपाली राजदुत डा. शाक्य यो सम्मानबाट सम्मानिन हुने एसियाली मुलुकहरु मध्येकै पहिलो बन्न सफल भएकी छन्। अहिलेसम्म यूरोप र अमेरिकी मूलुकका राजदूतहरुले मात्र यस्तो सम्मान पाउँदै आएका छन्।

 

सम्मान घोषणा पश्चात राजदूत डा. शाक्यले भनिन्, ुम अत्यन्तै खुशी र गौरवान्वित भएको छु। यो सम्मानले नेपाल र नेपाली शीर उच्च बनाएको छ। राजदुत डा. शाक्यले थपिन्, यो सम्मानले मलाई थप जिम्मेवारी बढाएको छ, मेरो योग्यता र क्षमताले भ्यायसम्म नेपाल–इजरायलबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँन विशिष्ट योगदान गरिरहने छु।’

 

राजदूत डा. शाक्य सम्मानित हुन पाउँदाको क्षणलाई सम्झँदै आफूलाई सहयोग गर्ने ९० वटै मुलुकका राजदूत, इजरायली सरकार, इजरायली जनता र त्यहाँ रहेका नेपालीलाई धन्यवाद दिएकी छन्।

 

डा. शाक्यले वि.सं. २०७५ फागुन ३ गते इजरायलको राजदूतमा नियुक्त भइ कार्यभार सम्हाले पश्चातको अवधिमा नेपाल–इजरायलबीच सम्बन्धमा थप नयाँ आयामकासाथ प्रगाढ बनाउन विशिष्ट योगदान दिदै आएकी छन्।

 

केही समय अगाडि राजदुत डा. शाक्यको पहलमा नेपाल इजरायल चेम्वर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्श दुई देशबिच व्यापार व्यवसाय आदान–प्रदान गर्ने सम्बन्धी सम्झौता भएको थियो ।

 

उक्त सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, उर्जा आदि क्षेत्रहरुमा व्यापार व्यवसाय बढोत्तरी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर समेत भएको थियो।

 

डा. शाक्यले जेरुसेलमस्थित इजरायली राष्ट्रपति रिउनभेन रिभलिन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै इजरायली उच्चप्रविधिको तालिम केन्द्र खोल्ने र मार्फत कृषि, सूचनाप्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एड्भान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्न सकिने बताएकी थिइन्।

 

राजदूतको पदभार ग्रहण गर्नु अघिसम्म डा. शाक्यले जोर्डन र इजरायलबीच तथा प्यालेस्टायन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालियाबिच (समुद्री तट) मा ‘वल्र्ड हाइलाइट’ लेखिएको होर्डिङ बोर्डमा सगरमाथालाई चीनमा रहेको गलत सूचना राखिएको थियो।

 

‘वल्र्ड हाइलाइट’ लेखिएको होर्डिङ बोर्डमा झण्डा समेत चीनको राखिएको उक्त बोर्डलाई डा. शाक्यकै पहलमा गलत सूचना हटाई सच्याउने महत्वपूर्ण कार्य भएको थियो। यसरी फेरिएको उक्त होर्डिङ बोर्डमा नेपालको झण्डा र विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा नै पर्ने उल्लेख गरेर राखिएको छ। यो उनको नेपालमा रहेका नेपालीहरुलेका लागिपनि सम्झन लायक कार्य हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु