dayahang-rai
कलाकार दयाहाङ राइले आफू ‘होटल साहुजी’ भएको बताएका छन् । माघ २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इच्छा’मा दयाले यस्तो भूमिका निर्वाहा गरेका हुन् ।

दयाले यो चलचित्रलाई एउटा सशक्त टिमले निर्माण गरेको समेत खुलाएका छन् । उनले आफ्नो यो भूमिका नयाँ नभएपनि दर्शकलाई पर्दामा हेर्दा रमाइलो लाग्ने खुलाए । चलचित्रमा आफू साथीहरुको इच्छा पुरा गर्न सहयोग गर्ने एक पात्रको भूमिकामा देखिएको दयाले खुलाएका छन् ।

उनले निर्देशक मुनाल घिमिरेसँग काम गर्दा आफूलाई रमाइलो लागेको समेत बताएका छन् । सामाजिक प्रेम कथामा बनेको यो चलचित्रमा सुवास थापा, शिखा शाही लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रले पुराना पुस्ता र नयाँ पुस्तामा देखिएको फरक सोचाइलाई पर्दामा देखाउन खोजेको छ । अनलाईन खबरबाट

सम्बन्धित खबरहरु