काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको ताला खोलिएको छ । स्थानीय बासिन्दा र भीमदत्त नगरपालिकाबीचको सहमतिअनुसार पुल र पुल वरिपरिको क्षेत्रमा स्यानिटाइज गर्ने सहमतिपछि छ घण्टापछि पुलमा लगाइएको ताला खुलेको हो । पुललगायतका क्षेत्रमा दैनिक बिहान स्यानिटाइज गर्ने सहमति भएको वडाध्यक्ष लालबहादुर शाहीले बताउनुभयो ।

नगरपालिका–१३ का बासिन्दाले भारतबाट फर्कने भित्रिन थालेपछि कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै पुलमा ताला लगाएका थिए । पुलमा स्यानिटाइजेसनको कार्य आइतबारदेखि शुरु गरिएको छ । भारतीय सीमावर्ती बजार खटिमा, वनबसाबाट रातिको समयको मौका छोप्दै भारतका विभिन्न क्षेत्रमा मजदुरी गर्न गएका नेपाली लुकीछिपी सीमा क्षेत्रमा प्रवेश गर्ने क्रम निरन्तर जारी रहेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सीमानाकामा अवैधरूपमा प्रवेश गर्नेलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई दशगजा क्षेत्रमा राख्ने र त्यहाँबाट सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाउने कार्य गर्दै आएको छ । भारतबाट आउनेलाई पुल भएर नै आउने व्यवस्था गरिएको छ । हालसम्म ८०० बढी व्यक्तिलाई दशगजा क्षेत्रमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई सम्बन्धित जिल्लाका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टिनमा पठाएको छ ।

सम्बन्धित खबरहरु