काठमाडौं । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागु औ'षध कारोबारीसँग प्रहरीको भी'डन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । प्रहरी लागु औ'षध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ ।

[caption id="" align="aligncenter" width="2048"] File Photo[/caption]

जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागु औ'षध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागु औ'षध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर भी'डन्त भएको थियो । चारैतिरबाट घेरा हाली लागु औ'षध कारोबारीले आ'क्रम'ण गर्न खोजेको र प्रहरीले आत्मरक्षाका लागि गो'ली चलाउँदा अ'भियु'क्त राजनको घटनास्थलमै मृत्यु भएको हो । उनीमाथि ६ रा'उ'ण्ड गो'ली लागेको थियो ।
सोही स्थानबाट अ'भियु'क्त सुरेन्द्र र राहुललाई पक्राउ गर्नसमेत सफल भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । घटनास्थलबाट केही मात्रामा लागु औ'षध ना'इट्रोभे'ट पनि बरामद गरिएको छ । सो भी'डन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएको र उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु