काठमाडौं । लामो समयदेखि विवादमा रहेको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै डाक्टर गोविन्द केसीले सत्याग्रह घोषणा गर्नुभएको छ । लामो समयदेखि स्वास्थ्य क्षेत्रको सुधारका लागि लाग्दै आउँनु भएको उहाँ यो पटक सीमालाई लिएर सत्याग्रह गर्न लाग्नु भएको हो । आज विज्ञप्ति निकालेर केसीले जेठ २० गतेदेखि दुई दिन सत्याग्रह गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन र भारतबाट मिचिएका भूमि फिर्ता गर्ने प्रक्रिया सुरू गर्न सत्याग्रह घोषणा गरिएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन तथा सीमाञ्चलका मानिसहरूको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै हामीले यही जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गर्दर्छौं ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

साथै डाक्टर केसीले हालसम्म सरकारले आफूसँग गरेका माग पूरा हुनुपर्ने बताएका छन्। उहाँले भन्नुभएको छ, ‘हामीसँग हालसम्म भएका सबै माग पूरा गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्ति लगायतका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन माग गर्दछौं ।’ उहाँले सरकारको भूमिका र औचित्यमाथि पनि प्रश्न उठाउनु भएको छ ।

सम्बन्धित खबरहरु