काठमाडौं । कोरोना महामारीसँग लड्दै गरेको भारतमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । सोमबार भारतको उत्तरपूर्वी क्षेत्रमा भूकम्प आएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ५.१२ रेक्टर स्केल परिमाणको भूकम्पले मणिपुरलाई स्थानीय समय अनुसार बेलुका ८ः१२ मीनेटमा धक्का दिएको हो । गुवाहाटी र आसाम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरमलगायत अन्य ठाउँहरूमा पनि भूकम्पको धक्का महसुस गरियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रारम्भिक रिपोर्टमा भनिएको छ कि भूकम्पको केन्द्रबिन्दु दक्षिण पश्चिममा रहेको ककिङदेखि ११ किलोमिटर दक्षिणमा रहेको मणिपुरमा छ । ५ रेक्टर स्केल भन्दा माथिको भुकम्पलाई मध्यम खालको मान्ने गरिन्छ । यस्को क्षतिबारे अहिले कुनै जानकारी आएको छैन । भुकम्पपछि मान्छेहरु रातमा पनि सडकमा निस्केका थिए ।

सम्बन्धित खबरहरु