आइसोलेसनबाट भागेका संक्रमित पक्राउ


धनुषा । जनकपुरस्थित प्रादेशिक कोरोना विशेष अस्पतालको आइसोलेसनबाट भागेका कोरोना संक्रमित पुरुष पक्राउ परेका छन् । शनिबार राती आइसोलेसाबाट फरार भएका संक्रमित सर्लाही धनकौलस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा फेला परेका हुन् । आइतबार राती अस्पतालको झ्याल तोडेर भागेका ४५ वर्षीय संक्रमित पुरुष खोजबिनका क्रममा सोमबार आफ्नै घरमा फेला परेका हुन् ।

 

प्रहरीले उनलाई पक्राउ गरी सर्लाहीबाट फेरि उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । त्यस्तै संक्रमितको सम्पर्कमा गएकाहरूको पनि कन्ट्याक्ट् ट्रेसिङको काम भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

 

संक्रमित मानसिक रोगी समेत भएको बताइन्छ । उनी आइसोलेशनको झयालबाट भागेर पैदलै घर पुगेका प्रहरीले जनाएको छ । यसअघि पनि उनलाई पीसीआर परीक्षण गर्न स्वाब लिने क्रममा भागेपछि प्रहरीले नियन्त्रणमा लिइ पुनः आइसोलेसनमा ल्याएको थियो । उनले अस्पतालल भर्ना भएदेखि आइसोलेसनमा अनियन्त्रित व्यवहार गर्दै आएका थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता