काठमाडौं । प्रेस काउन्सिल नेपालले भ्रामक समाचार लेख्ने ७० वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन-प्रसारण नहुने गरी ब्लक गरेको छ । चैत ११ गतेदेखि जेठ ८ गतेसम्म कोरोना भाइरस कोभिड १९ बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने १ सय ३६ अनलाइनहरुलाई स्पष्टीकरण सोधिनुका साथै ७० वटालाई ब्लक गरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

कोरोना संक्रमणको महामारीमा पनि पत्रकार आचारसंहिता स्वअनुगमन तथा विभिन्न मिडियाविरुद्ध परेका उजुरीको सुनुवाई एवम् कारबाहीमा सक्रिय भएर लागेको काउन्सिलले सम्बन्धित निकायमा दर्ताबिना नै सञ्चालन गरेर जथाभावी भ्रम फैलाउने समाचार प्रकाशन गर्ने ७० अनलाइन सञ्चारमाध्यमहरुलाई ब्लक नै गरेको हो ।

प्रेस काउन्सिलले दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई भने स्पष्टीकरणमात्रै सोधेको छ । जटिल परिस्थितिमा पत्रकार र सञ्चारमाध्यमहरुले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि काउन्सिलले यस्तै भूमिकाको अपेक्षा गरेको छ । तर पत्रकार आचारसंहिता विपरीत कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आ’तंकित र उत्तेजित बनाउने खालका समाचार सन्देश प्रवाह गर्ने अनलाइन सञ्चारमाध्यमहरुलाई कारवाहीको दायरामा ल्याइएको काउन्सिलले जनाएको छ ।

नेपालको कानुनी प्रक्रिया पुरा नगरी अनाधिकृत हिसावले संचालनमा रहेका केही अनलाइन पोर्टललाई काउन्सिलको सिफारिसमा नेपाल दुर सञ्चार प्रधिकरणले नेपालमा नखुल्ने गरि बन्द गरेको हो । यसरी बन्द गरिएका अनलाइन पोर्टलहरु केही विदेशबाट संचालित थिए भने केहि नेपालमा बसेर लुकिछिपी इलिगल हिसावले चलाइएका थिए ।

त्यस्ता अनलाइन पोर्टलहरुले अन्त्यन्तै तथ्यहीन भ्रामक र कपोकल्पित समाचारहरु पोस्ट गर्ने र ति समाचारका लिंक सामाजिक सञ्जाल फेसबुकका ग्रुप र पेजहरुमा सेयर गर्ने गरेको र त्यसले जनमानसमा आं’तक र भ्रम पैदा गरेको भन्दै उजुरीहरु पर्न थालेपछि काउन्सिलले बन्द गर्न प्राधिकरणलाई सिफारिस गरेको हो ।

यसरी गैरकानुनी रुपमा संचालन भएको पुष्टी भइ बन्द गरिएका अनलाइनहरुले फेरी पनि विदेशबाट समाचार पोस्ट गर्ने तथा केहिले नेपालमै बसेर इन्टरनेटको गैरकानुनि बाटो प्रयोग गरि समाचार अपडेट गरेर सामाजिक संजालमा सेयर गर्ने गरेको पाइएकोले ति व्यक्तिहरुको पनि खोजी भइरहेको एक सरकारी अधिकारीले बताएका छन् । प्रहरीको साइबर अपराध ब्यूरोले त्यस्ता इलिगल अनलाइनको समाचार सेयर गर्न दिने फेसबुक ग्रुप र पेज संचालकको समेत खोजी गरिरहेको जनाएको छ ।

देशमा कोरोना महामारी फैलिएका बेला सामाजिक सञ्जालमा सेयर भएका कुन समाचार सही हुन् र कुन हैनन् रु भन्नेबारे आम नागरिकले जानकारी नपाउने भएका कारण फेसबुक पेज र ग्रुपमा सेयर भएका त्यस्ता न्युज पोर्टलले आ’तंक र भ्रम सिर्जना गरेको भन्दै प्रहरीले त्यस्ता न्युज सेयर गर्ने तथा सेयर गर्न दिनेलाई समेत कारबाही गर्ने तयारी थालेको छ ।

नेपालमा नखुल्ने गरि बन्द गरिएका अनलाइन पोर्टलहरु ताजा एनपी डटनेट, दवर्ल्ड न्युज डटनेट, खबर ट्वान्टीफोर डेली डटकम, साझा फुलवारी डटस्पेस, मनास्लु खबर डटकम, आफ्नो खबर डटकम, एनपिन्युज डटकम, सप्तरंगीपोस्ट डटकम, गुगलखबर डटकम, नेपालको समाचार डटकम, इतार्केस्वर डटकम, पाठकपत्र डटकम, हिमालय दैनिकन्युज डटकम, अल्ट्रानेपाल डटकम, ताजाबहस डटकम र हाम्रोसरोकार डटकम रहेका छन् ।

यस्तै हाम्रै साझा पत्रिका डटकम, सुस्तासन्देश डटकम, समाचारबाटिका डटकम, राइक्वारखबर डटकम, न्युज ३६ मिडिया डटकम, काष्ठमान्ड़पन्युज डटकम, जनकपुरटाइम्स डटकम, चन्द्रागिरीदर्पण डटकम, बोल्डखबर डटकम, नेपाल १२३ डटकम, हुलाकीअनलाइन डटकम, रहेका छन् ।

यस्तै सिधा अनलाइनपोस्ट डटकम, लाइभ १८ नेपाल डटकम, अनलाइन बुढानिलकण्ठ डटकम, बिसिएम नेपाल डटकम, सररखबर डटकम, सत्यसमाचार डटकम, स्मार्टखबर डटकम, एभेरेस्टपाटी डटकम, गोर्खाली नेपाल डटकम, सीएन नेपाल डटकम, सिम्पलअनलाइन डटकम, दैनिकी मिडिया डटकम, कागजपत्र डटकम र जागिरकेन्द्र डटकम रहेका छन् ।

बर्णमाला न्युज डटकम, सोलुशन डटकम, झोर्ले न्युज डटकम, हाम्रो साझा चौतारी डटकम, टाइम २४ नेपाल डटकम, निपोल न्युज डटकम, थ्री एम खबर डटकम, सुदुर समाज डटकम, टाइम्स अफ नेपाली डटकम, न्युज नेपाल पोस्ट डटकम, टुरिजम एरियाज डटकम, भेट्रान नेपाल डटकम, भ्वाइस समाचार डटकम, अनलाइन सुनापाटी दाहु डटकमलाई पनि नेपालभर खोल्न नमिल्ने गरि बालक गरिएको छ ।

यस्तै खबर कान्तिपुर डटकम, सिआइए नेपाल डटकम, पबित्र टिभी डटकम, एच खबर डटकम, ललितपुर खबर डटकम, एन्युज २४ नेपाल डटकम, बिबिसीइ नेपाल डटकम, नेपाल दीप डटकम, हाम्रो अभियान डटकम, निगरानी खबर डटकम, मिडिया माइ नेपाल डटकम, न्युज २७ मिडिया डटकम, भिजिट स्टार्ट डटकम, नेपाली अनलाइन न्युज डटकम, कास्की खबर डटकम रहेका छन् ।

प्रेस काउन्सिल नेपालले चैत्र १२ गतेदेखि जेठ ८ गतेसम्म यसरी ब्लक गरिएका अनलाइन पोर्टलको मात्र सुची सार्बजनिक गरेको छ । नेपाल सरकारको सञ्चार मन्त्रालय अन्तर्गत सूचना तथा प्रशारण बिभाग र प्रेस काउन्सिलमा दर्ता गरि कानुनी प्रक्रिया पुरा नगरी संचालनमा रहेका अन्य थुप्रै अनलाइन पोर्टलहरु पनि बन्द गर्ने क्रम जारी नै रहेको जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु