काठमाडौ । नायिका बर्षा राउत फेरी अर्को विवादमा फसेकी छिन् । उनले नेपाल भन्दापनि भारतिय साथीलाई महत्व दिएको अभिव्यक्तिपछि सर्वत्र आलोचना भयो । त्यसको सफाईका लागि पत्रकार ऋषि धमलाले अन्र्तवार्तामा बोलाए । उक्त अन्र्तवार्तामापनि बर्षा अर्को विवादमा फसेकी छिन् । उनले आधा करोड भन्दा बढी नेपालीलाई ठेस पुग्नेगरी बोलेकी छिन् ।

अन्र्तवार्ताको क्रममा उनले मैले देश छोडेर बाहिर गएकी छैन । बाहिर जानेपनि छैन भन्दै दिएको भनाईपनि अहिले विवादमा फसकेको छ । लाखौँले प्रश्न गरिरहेका छन् कि के नेपाल छोडेर काम गर्न विदेश जाँने वित्तिकै नेपालको माया लाग्दैन ? देशको माया लाग्दैन ? देशको राष्ट्रियताको माया लाग्दैन ? के विदेशमा रहेका नेपालीलाई नेपालको माया छैन ? यस्ता दर्जनौ प्रश्न लाखौ नेपालीले सोधिरहेका छन् ।

यही क्रममा नायिका जल शाहलेपनि दुखेसो पोखेकी छन् । लामो समय देखि अमेरिकामा बस्दै आएकी जल शाहले गम्भीर प्रश्नहरु उठाएकी छिन् । उनले हालै सामाजिक संजालबाट गुनासो गरेकी छिन् । उनले आफ्नो नेपाल आमालाई माया गर्न नेपाल नै बस्नुपर्छ र भन्दै प्रश्न गरेकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै केही मानिसले विदेशमा नबसेकाले देशलाई माया गर्छु भन्न खोजेको भन्दै यो कस्तो मानिसकता हो भनेर प्रश्न सोधेकी छिन् ।

उनि लेख्छिन्–‘नेपालमा बस्दैमा आफू मात्र इमान्दार ? कस्तो खोक्रो बोली, छिन् छिन्मा बदलिदै जाने : नेपाली दाजुभाई दिदीबहिनी कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन् ः संसारभर छरिएर उनीहरु आफ्नो सिप अनुसारको काम गरिरहेका छन्, आफ्नो परिवारको पेट पालिरहेका छन् । उनीहरुलाई मलाई जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमती चाहिन्छ र ?’

नायिका शाहले देशमा कुनै पनि विपत्ती आइपर्दा विदेशमा बस्ने नेपालीहरु एक भएर अगाडि बढेको बताउँदै नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का हुन्छ भन्दै प्रश्न गरेकी छिन् । ‘नेपालीको पनि दुइवटा जात हुन्छ र ? के देश बाहिर बस्ने नेपाली, नेपाली नै होइनन् ? देशमा बसेर ठूलो गफ हाकेर आफ्नो देशलाई ठग्न र नङ्ग्याउन त हामीलाई आउँदैन । हामीलाई आफ्नो देश रक्षाको लागि म(र्न आउँछ । खोक्रो राष्ट्रबाट मुर्दावाद । जय देश ।’ उनको पोष्ट यस्तो छ ।

आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ ? नेपालीहरू विश्वभर छरिएर बसेका छन् ! केही मानिसको बोली अनुसार, म देशलाई माया गर्छु त्यसैले म विदेशमा वसेको छैन,यो कस्तो मानसिकता हो ?कत्तिको जायज छ? तर यदि तपाइँको देश प्रतिको कर्तव्य र योगदान हेर्ने हो भने त्यो त शून्य छ। नेपालमा बस्दैमा आफू मात्र इमान्दार ? कस्तो खोक्रो बोली छिन,छिनमा बदलीदै जाने ? नेपाली दाजुभाई, दिदिबहिनीहरू कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन , संसारभर छरिएर उनीहरू आफ्नो शीप अनुसारको काम गरिरहेका छन्,आफ़नो परिवारको पेट पलिरहेका छन् ।

 

उनीहरूलाई ,मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र ? देशमा जुनसुकै विपत्ति आइपर्दा विदेशमा बस्ने नेपालीहरू एक भएर अगाडि बढेका छन् ,सहयोगका लागी।नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा ? नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का ? नेपालीको पनि दुइवटा जात हुन्छ र ? के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन्? देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफ़नो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही पक्कै आउँछ । खोक़्रो राष्ट्रवाद मुर्दाबाद। जय देश ??

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु