काठमाडौं । हाम्रा वरपर कहिलेकाँही यस्ता घटनाहरु हुन्छन, जुन पत्याउँन गाह्रो हुन्छ । यस्तै एक घटना नेपालकै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ रेवाबाट आएको छ । यहाँ प्रहरीले गाडेको स्थानबाट एक किशोरीको लाश निकालेको छ । ज्यान लिइएको आशंकामा १४ वर्षीया किशोरी धनेश्वरी बिनको लाश प्रहरीले मंगलबार दिउँसो निकालेको जनाएको छ ।

[caption id="" align="aligncenter" width="1280"] File Photo[/caption]

स्थानीयहरुले ज्यान लिएर किशोरीलाई गाडेको भन्दै अनुसन्धान गर्न माग गरेका थिए । घटनामा अनुसन्धान गर्न मृतकका बाबु लक्ष्मण,आमा, दाजु र लाश गाड्न पुगेका अर्का छिमेकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार मृतक किशोरीको दाजु जीतेन्द्रसँग आइतबार झगडा भएको थियो । झगडा हुने दाजु फरार रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रहरीका अनुसार घरमा अकस्मात लडेकी किशोरीले वान्ता गर्न थालेकी थिइन् । त्यसक्रममा घर परिवारले विष सेवन गरेको भन्दै साबुन पानी खुवाउन लगाएर वान्ता गराउँदै स्वास्थ्य संस्थामा लैजान थालेका पनि थिए । उनको बाटोमै मृत्यु भएपछि घर परिवारले नजिकै रहेको नारायणी नदी किनारमा आइतबार राति लाश गाडेको जनाइएको छ । मृतक किशोरीको लाशलाई पो–ष्टमा–र्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा पठाइएको छ ।

सम्बन्धित खबरहरु