काठमाडौं । नेपाल–भारतबीच सीमा विवाद चर्कदै जाँदा अर्को तनाब सुरु भएको छ । केही नायिकाको पो'र्न भिडियो बनाएर सार्वजनिक गरेको इण्डियन स्पाइडर स्क्वाडले थप केही कलाकारहरुको पो'र्न भिडियो सार्वजनिक गर्ने चेतावनी दिएको थियो । यद्यपि सो भिडियो कसले र किन बनाएर सार्वजनिक गरेको हो भन्ने एकीन भइसकेको छैन । नेपाली चलचित्रका नायिकाहरूको चरित्र ह'त्या गर्ने मनसायले नक्कली पो'र्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको छ ।

[caption id="" align="aligncenter" width="1778"] Photo: Google[/caption]

मङ्गलबार महानगरीय अपराध महाशाखा, टेकुमा पुगेर चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले प्रहरीलाई उजुरी बुझाउनुभएको हो । पछिल्लो दुई दिनमा दुई जना नायिकाहरूको नक्कली पो'र्न भिडियो बनाएर सार्वजनिक गरिएको छ खड्काले भन्नुभयो, दर्जन बढी नायिकाहरूको भिडियो सार्वजनिक गर्ने धम्की समेत दिइएको छ । यसले चलचित्रमा काम गर्ने नायिकाहरूलाई मानसिक तनाव दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

अध्यक्ष खड्काले बुझाएको उजुरी पत्रमा लेखिएको छ, ‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारहरूको नक्कली पो'र्न भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ । कलाकारहरूको बारेमा भ्रम सिर्जना गरी चरित्र ह'त्या गर्ने दुस्प्रयास भएकाले यथाशीघ्र यसको छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दछौं ।’ हिजोमात्र एक नायिकाले पनि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले यस विषयमा तत्काल छानबिन गर्ने बताएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु