जेठ १४, २०७७ 27 May, 2020 - बुधवार पञ्चमी, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व), ११४० ने.सं. यस दिनका शुभ साइत: पास्नी गर्ने साइत,पसल खोल्ने साइत वि.सं. जेठ १४, २०७७ ई.सं. 27 May, 2020 शक संवत् १९४२ नेपाल संवत् ११४० तछलाथ्व प्रमादी उत्तरायण ग्रीष्म बुधवार ज्येष्ठ शुक्लपक्ष तिथि पञ्चमी , २२:३१ बजे उप्रान्त षष्ठी नक्षत्र पुनर्वशु , ०६:१६ बजे उप्रान्त तिष्य योग वृद्धि , २५:१४ बजे उप्रान्त ध्रुव करण वव ११:०७ बजेदेखि वालव , २२:३१ बजे उप्रान्त गर चन्द्रराशि कर्कट आनन्दादि योग गद दिनमान ३४।०९ सूर्योदय ०५:१२ सूर्यास्त १८:५१ सूर्योदयकालीन स्पस्ट ग्रहहरू सूर्य - १:११:४९:०९ चन्द्र - ३:०२:४३:४७ मंगल - १०:११:२४:२० बुध - २:०१:५७:२९ बृहस्पति - ९:०५:१२:५१ शुक्र - १:१६:४५:२७ शनि - ९:०४:४७:१८ राहु - २:०५:३७:१३ क्रान्ति - उ. २१:२२ वेलान्तर - (–) २:१२

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्दै जानेछ । नजिकको मित्रसँग भेटघाटपनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्ला । मनमा उत्साह र उमङ्ग छाउनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सरकारी र सामाजिक निकाएको भय रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । आफूले गरेको कार्यबाट मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लगानी गर्नु उपलब्धीमूलक हुँदैन र खर्चपनि हुनेछ । प्रेममा समस्या आउला, तर नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काममा हात हाल्ने समय छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु