काठमाडौं । भारतबाट आएका एकजनको मृत्यु भएको छ । भारतको गुजरातबाट आएका सुर्खेतका एक युवकको मृत्यु भएको हो । पाँच दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो ।
उनको मंगलबार राति साढे १२ बजेतिर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी बसमै विरामी भएपछि उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले चेकजाँच गर्ने क्रममा मृत्यु भइसकेको थियो भन्नु भएको छ । उनी युवा सुर्खेतको चिंगाड गाउँपालिका–५ अवलचिङका हुन् । अस्पतालले कोरोना आशंकामा उनको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको छ ।