काठमाडौं । पछिल्लो समय नेपाल र भारतबीच विवादको चुरो बनेको सीमाबारे भारतीय प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ । सीमा विवादलाई लिएर भारतीय राष्ट्रिय कांग्रेसले चासो देखाएको छ ।

कांग्रेसका पूर्वअध्यक्ष तथा नेता राहुल गान्धीले नेपाल र भारतबीच अहिले सतहमा आएको सीमा विवादबारे भारतीय जनता पार्टीको सरकार पारदर्शी नभएको आरोप लगाए । राष्ट्रिय कांग्रेसले मंगलबार गरेको ‘ई–पत्रकार सम्मेलन’ मा गान्धीले नेपाल र चीनसँग भारतको सीमा विवाद किन भइरहेको छ यसबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने उल्लेख गर्दै यो समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यो विवादको पछिल्लो अवस्था बारेमा कांग्रेस जानकार नरहेको बताउँदै गान्धीले भनेका थिए, ‘स्पष्ट जानकारी नआएसम्म विवादबारे बोल्दा झन अन्यौल आउँछ ।’ यसअघि भारतीय कांग्रेसका प्रवक्ता अशोक सिंघ्वीले ट्वीट गर्दै नेपालजस्तो दशकौं पुरानो घनिष्ट मित्रसँग पनि भारतको निकै ठूलो दूरी बढाउदा सरकारले जवाफ दिनुपर्ने उल्लेख गरेका थिए । नेपालसँग सीमा विवादमा आएको भारतले अर्को ठूलो छिमेकी चीनसँग पनि सीमाकै तनावमा परेको छ ।

सिक्किम र लद्दाखमाको सीमावर्ती क्षेत्रमा सीमालाई लिएर यी दुई छिमेकीबीच केही दिनयता निकै तनाव बढेको छ । नेपाली भूभाग अतिक्रमण गरी मानसरोवर जाने सडकनिर्माण गरेको र त्यसको उद्घाटन रक्षामन्त्री राजनाथ सिंहले गरेपछि यो विवादले थप उचाई लिएको हो । सीमाको विषयमा कांग्रेसलगायत विपक्षी दलले नेपालप्रति कस्तो नीति लिने स्पष्ट पारेका छैनन ।

सम्बन्धित खबरहरु