काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धा'रिलो ह'तिया'र प्र'हारबाट ह'त्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धा'रिलो ह'तिया'र प्र'हारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको ह'त्या भएको उहाँले बताउनुभयो । घरेलु ह'तिया'रले वृद्धको टाउको र हातमा प्र'हार गरी ह'त्या गरिएको छ ।

बुबालाई ह'त्या गरेको आरोपमा मृतकका कान्छो छोरा ४० वर्षीय विनोद रायलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा खाटमुनि लु'केको अवस्थामा आज बिहान विनोदलाई पक्राउ गरिएको बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले जानकारी दिनुभयो । जग्गा जमिनको विषयलाई लिएर आफ्नो कान्छो भाइ म'दिरा सेवन गरेर पटक–पटक बुबालाई गाली बे'इज्जती र कु'टपि'ट गर्दै आएको मृतका जेठो छोरा रामविश्वास रायले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाको टोली पुगेर श'वलाई जिल्ला अस्पताल मलङ्गवमा श'व परीक्षणका लागि लगिने तयारी भइरहेको गापा अध्यक्ष रायले जानकारी दिनुभयो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरलले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु