काठमाडौ । नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। बुधबारमात्रै थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

 

संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन्। सरकारले पिसिआर प्रविधिबाट परीक्षण बढाएकाले पनि धेरै संक्रमित भेटिएका हुन्। बुधबारसम्म ५८ हजार २७७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालय प्रवक्ता विकास देवकोटाले जानकारी दिए। बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। तीमध्ये १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

https://youtu.be/AMfptANBgPo

सम्बन्धित खबरहरु