काठमाडौ । सरकारले यस वर्ष पनि तीन दिन गणतन्त्र दिवस मनाउन आह्वान गरेको छ। गृह मन्त्रालयले बुधबार दिउँसो जारी गरेको सूचनामार्फत जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवश मनाउन आह्‍वान गरिएको हो।

 

यसअघि सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयानुसार संघ, प्रदेश तथा स्थानीय तहका सम्‍पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आमनागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा गणतन्त्र दिवस मनाउने निर्णय भएको जनाएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु