चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला पुलमा २ वटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएपछि सडक अवरुद्ध भएको छ । विहान साढे छ बजेतिर नारायणगढबाट धादिङ्ग तर्फ आउदै गरेको ना ५ ख ९१२२ नम्बरको मालबाहक ट्रक र काठमाडौंबाट विरगञ्ज फर्कदै गरेको ना ८ ख १५५२ नम्बरको टेलर एक आपसमा ठोक्किएपछि सडक अवरुद्ध भएको हो ।

ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकोले निकाल्नको लागि चितवनबाट क्रेन मगाइएको प्रहरीले जनाएको छ । दुर्घटनमा एक जना घाइते भएका छन् । घाइतेको मुग्लिन हाइवे अस्पतालमा उपचार भइरहेको छ । तुइन खोला पुलमा हालसम्म एक सय भन्दा बढी दुर्घटना भइसकेका छन् । ४० भन्दा बढीले अकालमा ज्यान गुमाएको स्थानीयहरु बताउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु