काठमाडौं । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे मत जाहेर गर्ने औपचारिक निर्णय लिन प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले मत नदिएपनि नेकपा र उसलाई समर्थन गर्ने केही साना दलहरुबाट नै दुई तिहाई मत पुग्ने भएकाले राष्ट्रियता र सीमाका विषयमा हुन लागेको ऐतिहासिक संशोधनमा मत जाहेर गर्नेमा कांग्रेस एकमत छ ।

यदि विपक्षमा मत जाहेर गरेको खण्डमा इतिहाससम्मकै ठूलो भुल हुनेभएकाले विपक्षमा मत हाल्छौ भन्ने निर्णय आउँने सम्भावना त अति नै न्यून छ । तरपनि औपचारिक निर्णयका लागि सरकारलेपनि कांग्रेसलाई पर्खिएको छ । केही समयको माग गरेपछि संसदबाट संशोधन प्रस्ताव केही समयका लागि पछि सरेको छ ।

त्यही विषयमा छलफल गर्न कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । दिँउसो १ बजेका लागि बैठक तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । ‘बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ’ उनले भनेका छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । आइतबार बसेको कांग्रेसको पदाधिकारी बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको दोहो¥याएको थियो । तर संविधान संशोधनबारे केन्द्रीय समितिबाट औपचारिक निर्णय गर्ने बताएको थियो । प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकमा पनि कांग्रेस केही दिन समय मागेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु