एजेन्सी । विश्वभर अत्याधिक पैसा कमाउने यौनकर्मीहरुको जीवन लकडाउनका कारण तनावग्रस्त बनेको छ । उनीहरुलाई अहिले खाना पनि मिलेको छैन । दैनिकी गरी खाने पेशामा संलग्न रहेको यौनकर्मीहरु भने लकडाउनका करण विपतमा परेका छन् । सामान्य अवस्था रहेका बेला साँझ हुने वित्तिकै भिड लाग्ने र रमझम हुने ठाउँहरु भने अहिले सुनसान रहेको छ ।

 

पूर्वी बँगलादेशमा सम्पूर्ण त्यस्ता यौनकर्मी स्थलहरुले भने व्यापार गर्न सकेको छैन् । त्यसकारण त्यहाँ कार्यरतको जीवनमा निकै समस्या आएको छ । एकछाक खान समेत गाह्रो रहेको छ । उनीहरुको परिवारलाई समेत खान पुगेको छैन् । अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको देखिन्छ ।

 

विभिन्न बहानामा छल गरी ल्याइएको नोदी नाम गरेको महिलालाई उनको परिवारले पत्ता लगाएपनि यौनकर्मी स्थलमा संलग्न भइसकेको कारण उनको उद्वार गरिएन र उनी यस पेशामा लाग्न बाँध्य भइन् । २५ बर्षिया महिलालाई कोरोनाका कारण आफ्नो घर समेत चलाउन धौ धौ परेको जनाएकी छिन् । आफू समेतलाई खानाको उपाय नभएको र आफ्नो बच्चालाई समेत काँहाबाट खाना खुवाउने भन्ने विषय बनेको छ ।

 

आफूसित तत्काल कुनै काम नभएको दुःख व्यक्त गरेकी छिन् । बांगलादेश सरकारले कोरोनाको रोकथामका लागी सम्पूर्ण यौनकर्मीहरुका स्थलहरु बन्द गर्न निर्देशन जारी गरिसकेको छ । बांगलादेशमा भने यौनकर्मी पेशा सन् २०० देखि मान्यता पाइसकेको छ । उनीहरुलाई मध्येनजर राखी सरकार, पुलिस र विभिन्न एनजीओहरुले सहायता गरिरहेको जनाइएको छ । तर, सरकारद्वारा गरिएको उक्त सहायता पर्याप्त नरहेको जनाइएको छ । १२ एकरको क्षेत्रफलमा करिब १५ सय यौनकर्मी स्थलहरु बस्ने गर्दछ र कतीपयले यौनकर्मी स्थलमा बच्चा समेत पाएको जनाइएको छ ।

 

उनीहरुको जीवन झन कठिन भएको छ । यौनकर्मी स्थलले आफनो दैनिकी नचलाए बच्चाहरु भोकले म र्न बाध्य हुने जनाइएको छ । नोदी आफ्नो बच्चालाई आफू भन्दा पर राखी राम्रो जीवनको परिकल्पना गरिरहेकी थिइ्न । तर यो असम्भव भएको देखिन्छ । उक्त यौनकर्मी स्थलमा देनिकी करिब तीन हजारको आसपासमा ग्राहक आउने गर्दथ्यो । उक्त क्षेत्रमा बसोवास गर्न यौनकर्मीहरु म र्नु भन्दा पहिले नै म रेको अनुभव गरिरहेको बताएका छन् । यस प्रति सरकार गक्भीर हुनु पर्ने उनीहरको धारणा रहेको छ । सरकार गम्भीरता पूर्वक सरकार प्रस्तुत नभए हामी ठूलो समस्यामा पर्ने उनीहरुले बताइन् । भावानुवाद

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु