काठमाडौ । सरकारले खर वा फुसको छानो भएका सबै नागरिकको घर सुधार गर्ने घोषणा गरेको छ । उसले जस्ता वा सुधारिएको आवास निर्माणका लागि बजेट छुट्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

 

यो बर्ष शहरी विकास मन्त्रालयलाई ३७ अर्ब ८० करोड रुपैयाँ विनियोजन भएको छ । सबै प्रदेशका ३० शहरमा शहरी पूर्वाधार विकास गर्न १ अर्ब ८० करोड विनियोजन छ । संसद भवन र सुदूरपश्चिम प्रदेशको राजधानीमा पूर्वाधार निर्माण गर्न बजेट छुट्याइएको छ । ललितपुरको गोदाबरीमा ३ हजार क्षमताको सभाहल निर्माण गरिसक्ने गरी बजेट छुट्याईएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु