काठमाडौ । हामीमध्ये धेरैको इन्टरनेट ब्याण्डविथ कम हुने तथा स्पीड स्लो हुने समस्या आफ्नै कारणले घरभित्रबाट भइरहेको हुन्छ । धेरै डिभाइसहरु अनलाइन हुँदा यसले घरको वाईफाई नेटवर्कमा भार बढाउँछ । जसले गर्दा हाम्रो कनेक्सन टुटिरहन्छ । यदि तपाईंले पनि यस्तो समस्या सामना गरिरहनु भएको छ भने तपाईंले आफै स्पीड बढाउन सक्नुहुन्छ ।

हुन त इन्टरनेट प्रदायक कम्पनीले अहिलेको नयाँ तथा शक्तिशाली वाईफाई सिक्स स्ट्याण्डर्डमा आफ्नो राउटरलाई परिवर्तन गर्नुहोस् भनिरहेका होलान् । अहिलेको आफ्नो पुराना डिभाइसहरुलाई परिवर्तन गरी वाईफाई सिक्ससँग मिल्ने भर्सन खरिद गर्नुहोस् । तर यो महंगो होम नेटवर्कमा जानु अघि तपाईंले केही विधिबारे थाहा पाउनु पर्नेछ । यी विधिहरु अपनाउन तपाईंलाई कुनै शूल्क लाग्दैन र यसले तपाईंको नेटवर्कको गुणस्तरलाई सुधार गर्न मद्दत गर्दछ ।

वाईफाईको स्पीड बढाउने विधि
सबैभन्दा पहिले वाईफाई स्पीड बढाउन राउटरलाई यथास्थानभन्दा अन्यत्र सारेर स्पीड परीक्षण गर्नुहोस् । राउटरलाई कोठाको कुनामा वा कुनै सामानभित्र राख्नु हुन्न । सकेसम्म राउटरलाई घरभित्रको केन्द्र भागमा राख्नुहोस् । केबल गेटवे अर्थात् राउटरलाई सधैं कोएक्सिकल केबल आउटलेट अर्थात् प्लग छिराउने बोर्ड को नजिक राख्नुहोस् । याद राख्नुहोस् सबै भित्ता उत्तिकै वाईफाईमैत्री हुँदैनन् । तारमाथि प्लस्टर गरिएका भित्ताले धेरै जसो वयरलेस कनेक्सनलाई अवरोध पुर्‍याउँछ ।

दोस्रो भनेको डेस्कटप कम्प्युटर तथा स्मार्ट टीभी जस्ता डिभाइसहरुलाई तारयुक्त इथरनेट कनेक्सनले जोड्नुहोस् । वाईफाई राम्रो हो । तर तारहरु सस्तोमै पाउन सकिन्छ । र यसले नेटवर्कलाई स्थिर राख्छ । यसकारण नेटवर्क स्पीड बढाउन इथरनेट कनेक्सन राम्रो उपाय हो । इथरनेट वायरमा नेटवर्क पूर्ण स्पीडमा चल्छ । तपाईंको डिभाइस राउटरको नजिक रहन्छ भने इथरनेट कनेक्सन सुपथ हुन्छ । तर लामो दूरीमा पनि यसले उत्तिकै स्पीडमा प्रभावकारी रुपमा काम गर्नसक्छ ।

तर वाईफाई स्पीड बढाउनका लागि नेटवर्कको पहुँचलाई बढाउन तपाईंले वाईफाई एक्सटेन्डर खरीद गर्ने बारे सोच्दै हुनुहुन्छ भने यो सोचलाई आजैबाट त्यागिदिनुहोस् । किनभने यसले सोचेजस्तो राम्रो परिणाम दिन सक्दैन । नयाँ राउटरहरुले डिभाइसलाई प्रयोगकर्ताले प्रयोग गर्ने दुई फ्रिक्वेन्सी ब्याण्ड २.४ र ५ गिगाहर्जमध्ये एउटामा राखिदिन्छ । अघिल्लो फ्रिक्वेन्सी ब्याण्डले राम्रो रेञ्ज प्रदान गर्छ भने दोस्रोले फास्ट स्पीड दिन्छ ।

तर पुरानो राउटरमा फ्रिक्वेन्सी चयन गर्ने कुरा तपाईंको हातमा हुन्छ । तपाईंको डिभाइसमा स्ट्रिमिङ मिडिया चलाइरहनु भएको छ भने त्यसमा ५ गिगार्जको फ्रिक्वेन्सी प्रयोग गर्नुहोस् । यस्तै राउटर बिक्रेताहरुले दिने मोबाइल एपहरुले पनि तपाईंको नेटवर्कको गति बढाउन सक्छ । त्यस्ता एपहरुले कुन डिभाइसले सबैभन्दा धेरै डेटा खपत गरिरहेको छ भन्ने कुराको जानकारी दिन्छ र तपाईंले त्यसलाई डिस्कनेक्ट गर्न सक्नुहुन्छ ।

यदि अभिभावकको रुपमा डिजिटल स्क्रीनमा अत्यधिक समय बिताउने छोराछोरीको बानीबाट आजित हुनुहुन्छ भने यो एपको मद्दतले उनीहरुको डिभाइसको नेटवर्क डिस्कनेक्ट गर्न पनि सक्नुहुन्छ । तपाईंले आफ्नो फोनबाट पनि वाईफाईको काम गर्नसक्नुहुन्छ । यदि तपाईंको वायरलेस सर्भिसमा पर्याप्त डेटा छ भने मोबाइल हटस्पट अन गरेर फोनको वाईफाई सिग्नलमा डिभाइस चलाउन सक्नुहुन्छ । यदि यो सबै विधि अपनाउँदा पनि तपाईंको वाईफाईले राम्रो काम गर्न सकेन भने नयाँ राउटर खरिद गर्ने सोच बनाउँदा उपयुक्त हुन्छ ।

 

सम्बन्धित खबरहरु