काठमाडौ । आफ्नो घर किन्न वा बनाउन सबैको इच्छा हुन्छ । जीवनभरी कमाएको रकम त्यही लगानी गरिन्छ । सबैले चहान्छन तर घर किन्न वा बनाउन प्रशस्त र एकमुस्ट पैसाको जरुरत हुन्छ। जुन तपाईं हामीसँग नहुन पनि सक्छ। अहिलेको समयमा आफुसँग एकमुस्ट पैसा नभएको खण्डमा पनि होम लोन वा घर कर्जा लिएर सजिलै आफ्नो सपनालाइ साकार पर्न सक्छौँ। नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आवास किन्न वा बनाउन, घर बनाउनका लागि जग्गा खरिद गर्न, घर एक्सपान्सन गर्नका लागि कर्जा उपलब्ध गराउँछन् ।

 

यदी तपाई पहिलो पटक बैंकबाट ऋण लिई घर खरिद वा निमार्ण गर्ने बारेमा सोच्दै हुनु हुन्छ भने राष्ट्र बैंकको पछिल्लो घर कर्जा प्रवाह प्रावधान फाईदा जनक हुन सक्छ । हालै राष्ट्र बैंकले प्रथम पटक घर निमार्ण वा खरिद गर्ने खरिद तथा निमार्णकर्तालाई धितोको ७० प्रतिशतको कर्जा सहज रुपमा उपलब्ध गराउने थप व्यवस्था गरेको छ । यस बाट प्रत्यक्ष रुपमा धेरै जनताले आफ्नौ घर निर्माण वा खरिद गर्न आर्थिक रुपमा सहयोग पुगोस् भन्ने उद्देश्यबाट राष्ट्र बैंकबाट यस्तो व्यवस्था आएको देखिन्छ ।

 

 

यस अघि काठमाडौंमा धितोको ५० प्रतिशत र काठमाडौं बाहिर धितोको ६० प्रतिशतसम्म घर खरिद कर्जा बैंक तथा वित्तिय संसाथहरुले उपलब्ध गराउँदै आएका थिय । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७५ मा संशोधन गर्दै थप व्यवस्था लागु गरेको हो । तर यो सुविधा भने पहिलो पटक घर निमार्ण तथा खरिद गर्नेले मात्र उपभोग गर्न पाउने छन् । घर कर्जा पहिले नै उपयोग गरिसकेका ऋणीले भने यस्तो प्रकृतिको कर्जा पाउने छैनन् । यस प्रकृतिको कर्जाको सिमा अधिकतम रु। एक करोड पचास लाख तोकिएको छ।

 

नेपालमा तीन वर्गका बैंकले घरकर्जा दिन्छन् । वित्तीय संस्थाको वर्गअनुसार ब्याजदर फरक हुन्छ । वाणिज्य बैंकको घरकर्जाको ब्याजदर विकास बैंक र फाइनान्स कम्पनीको भन्दा कम हुन्छ । विकास बैंकको हकमा १–२ प्रतिशत र फाइनान्स कम्पनीको हकमा ३–४ प्रतिशतसम्म पनि ब्याजदर फरक पर्न आउँछ ।

घर कर्जा कुन वर्गका व्यक्तिले लिन सक्छन ?

नेपालमा २५ वर्ष माथिका र बैंकको ईएमआई तिर्न सक्ने जो कोहि नेपाली नागरिकले घर कर्जा लिन सक्ने छन्। ऋण लिएपछि बैंकलाई मासिक रुपमा किस्ता तिर्नुपर्ने हुन्छ । उक्त किस्तामा ब्याज र साँवा दुबै जोडिएको हुन्छ। यसैलाई इक्वाटेड मन्थ्ली इन्स्टलमेन्ट (ईएमआई) भनिन्छ ।

घर कर्जाको आवधि :
बैंकहरुले सबैभन्दा पहिला तपाइले समयमै बैंकको ऋण चुक्ता गर्न सक्नु हुन्छ कि हुन्न भन्ने कुरा पत्ता लगाउछन्। तपाइको आम्दानी जति धेरै हुन्छ, त्यति अनुसार धेरै ऋण पाउने सम्भवना हुन्छ । तर यसका लागि तपाइसँग धितो राख्ने सम्पत्ती पनि त्यति नै मुल्यवान हुनुपर्छ । नत्र, बैंकहरुले तपाइको आम्दानी र धितोमध्ये जुन कम छ, त्यसैलाई आधार बनाएर ऋण दिन्छन् । घरकर्जाको अवधि र ब्याजदरले पनि कति ऋण पाउने भन्ने निर्धारण गर्छ । यसको अलवा ऋणीको उमेर, कर्जा लिने व्यक्तिको नागरीकता,पासपोर्ट साइजको फोटो,र र सेवा अवधि पनि निर्धारक हुन्छ ।

 

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले सामन्यतः ५ वर्षदेखि २५ वर्ष अवधिसम्मको घरकर्जा उपलब्ध गराँछन् । हामीले जस्तो ऋण लिए पनि त्यससँगै तिर्नुपर्ने ब्याजको हिसाब राख्नुपर्छ । ब्याजदर यस्तो महत्वपूर्ण पाटो हो जसले ऋण चुक्ता गर्ने बेलामा जम्मा रकम कति बुझाउने भन्ने निर्धारण गर्छ । त्यसैले कर्जा लिँदा कति ब्याजदरमा लिने भन्ने विषय निश्चित गर्नु पर्दछ । ऋण प्रदान गर्ने धेरै बैंक तथा वित्तीय संस्था र ऋणका कार्यक्रम भएकाले कार्यक्रमहरू बीच तुलना गरेर उपयुक्त ऋण लिनुपर्छ ।

जरुरि कगजादहरु :

  • कर्जा लिने व्यक्तिको नागरीकता,
  • पासपोर्ट साइजको फोटो,
  • कर्जा लिनेको नागरीकता,
  • पासपोर्ट साइजको फोटो,
  • वर्षिक आम्दानीको कर तिरेको कर तिरेको प्रमाणपत्र
  • बैंकबाट कर्जा लिनको लागि राखिने धितो (पोपर्टी) को चार किल्ला प्रमाणित भएको लालपुर्जा
  • सम्पत्तिको कर तिरेको रसिद
  • जग्गाको ब्लु प्रिन्ट, ट्रेस
  • धितो बन्धक राखिने सम्पत्तिमा घर भएमा घर निमार्णका लागि लिएको इजाजत पत्र,
  • घरको स्थायी नक्सा पास र निर्माण सम्पन्न भएको प्रमाणपत्र
  • आम्दानिका सम्पूर्ण कागजपत्रहरु

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु