काठमाडौ । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।

आज थपिएका मध्ये कपिलवस्तुका ७७ जना हुन् । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुुसार आज एकै पटक यति धेरै संक्रमित थपिएका हुन् । यो संगै जिल्लामा कोरोना संक्रमित संख्या २६५ पुगेको छ । शनिबार थपिने संक्रमितमा तीन स्थानीय तहका रहेका छन । जस अनुसार महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष रहेका छन । कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुष रहेका छन भने यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका २६ जना पुरुष र २५, १९ बर्षीय दुई जना महिला रहेका छन ।

अद्यावधिक तथ्यांकअनुसार सप्तरीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक जना महिलासहित ९ जनामा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा डाक्नेश्वरी नगरपालिकाका–१ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको यादवले बताए ।

डाक्नेश्वरी नगरपालिकाका १८ वर्षीय, २० वर्षीय, २५ वर्षीय, ३५ वर्षीय, ४१ वर्षीय, ४५ वर्षीय, ४४ वर्षीय, ४८ वर्षीय र ६० वर्षीय उमेरका व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार बिहानसम्ममा सप्तरीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ । संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि आइसोलेसन कक्षको अभाव भएको छ ।

आइसोलेसन अभावका कारण नयाँ संक्रमितहरूलाई अहिले पनि क्वारेन्टाइनमै राखिएको छ । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जना संक्रमितलाई राखिएको छ भने बाँकी संक्रमितलाई सम्बन्धित पालिकाकै क्वारेन्टाइनमै राख्दा कोरोना संक्रमण फैलिने त्रास बढेको छ । बाँकी अपडेट हुँदैछ ।

 

विश्वभर महामारी बन्दै गएको कोरोनाभाइरसको असर नेपालमा पनि गम्भीर देखिएको छ । अहिले बाहिर आएको जानकारी अनुसार सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको हरियाणा, बैंगलोरलगायत विभिन्न स्थानबाट आएकाहरु थिए । लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ र कल्याणपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।

 

संक्रमित ११ जना भारतका विभिन्न स्थानबाट आई आ–आफ्ना नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको जेठ ११ र १२ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । सिरहामा अहिलेसम्म कोरोना संक्रमितहरुको संख्या २५ पुगेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://youtu.be/j1sdku9wCmY

सम्बन्धित खबरहरु