काठमाडौं । कोरोना महामारी बढ्दै गएपछि सरकारले लकडाउनको समय थप गरेको छ । यो भन्दा पहिले जेठ २५ गतेसम्मलाई तोकिएको लकडाउन अब थप भएर जेठ महिनाभरीका लागि भएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । नेपालमा अहिलेसम्म ७ जनाको ज्यान गैसकेको छ । संक्रमितहरुको संख्या पनि बढेर १ हजार ४२५ पुगेको छ । डिस्चार्ज हुनेहरुको संख्या २०० भन्दा धेरै रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु