काठमाडौं । नर्भिकमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि पाटन पठाइएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएकी ६१ वर्षीया महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । संक्रमित महिला बिहीबार काठमाडौं बाहिरबाट उपचारका लागि नर्भिक ल्याइएको अस्पताल व्यवस्थापनले बताएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ती महिलालाई पार्किन्सनको समस्या थियो ।

 

जानकारी अनुसार उनमा कुनै पनि खालको लक्षण देखिएको थिएन तर काठमाडौं बाहिरबाट आउने जोसुकैलाई भर्ना लिनुअघि आइसोलेसनमा राखेर परीक्षणका लागि स्वाब पठाउने गरेको छ । उनको आइतबार साँझ उनको रिर्पोट पोजेटिभ आएको हो । रिर्पोट आउनुअघि कुनै पनि स्वास्थ्यकर्मीहरुको सम्पर्कमा ती बिरामीलाई आउन नदिएको अस्पतालले जानकारी दिएको छ । यद्यपि संक्रमित महिलाको उपचारमा संलग्न १४ जना चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु