काठमाडौं । पछिल्लो राजनीति घटनाक्रमबारे चर्चा गर्न प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुग्नु भएको छ । आज बिहान उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको हो । जानकारी अनुसार सोमबार बिहान सवा १० बजे राष्ट्रपति निवास शितलनिवास पुग्नु भएको थियो । शितलनिवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच सवा एक घन्टा कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्‍डारीलाई सरकार सञ्‍चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे रिपोर्टिङ गर्नुभएको थियो । प्रधानमन्त्री ओ‌ली सेना परिचालनको विषयमा छलफल गर्नका लागि राष्ट्रपतिसँग भेटवार्ता गरेको अड्कालबाजी गरिए पनि राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले उक्त विषयमा कुनै छलफल नभएको स्पष्ट पार्नुभयो । सरकारले शनिबार रोकथाम तथा नियन्त्रणका लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो । सरकारले निर्णय गरे पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु