काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा हिजो राति भएको सवारी दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । अध्यक्ष दाहालले आज एक वक्तव्यमार्फत दुर्घटनामा परी निधन भएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले दुर्घटनामा घाइते हुनुभएको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको निःशुल्क स्वाथ्योपचारको माग गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभएको छ, “लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराउँछु ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यो पनि, सभामुख अग्निप्रसाद सापकोटाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा हिजो राति भएको सवारी दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

सभामुख सापकोटाले आज सामाजिक सञ्जालमार्फत सो दुर्घटनामा परी निधन हुनु भएकाहरुप्रति श्रद्धान्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले दुर्घटनामा परी घाइते हुनुभएकालाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । सो दुर्घटनामा परी १२ जनाको निधन र २० जना घाइते हुनुभएको छ ।

सम्बन्धित खबरहरु