काठमाडौं । कोरोना संकमणको आशंकामा क्वारेन्टाइन बसेकी एक युवतीको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको सोमबार साँझ मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको हो ।

उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् । जानकारी अनुसार युवतीले दमको उपचार गराइरहेको प्रारम्भिक खुलासा भएको छि । जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु