काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि विवादको समस्या कूटनीतिक पहल र वार्ताद्वारा समाधान खोज्न आग्रह गर्नुभयोे ।

“भारतीय कूटनीतिक, राजनीतिक तथा विद्वान्बाट वार्ताद्वारा समस्याको ऐतिहासिक तथ्यका आधारमा समाधान खोज्नुपर्छ भन्ने कुरा आएको छ”, सांसद श्रेष्ठले भन्नुभयो, “नेपालको चाहना पनि तथ्यकै आधारमा वार्तामार्फत भूमिका विषयमा समाधान खोज्नुपर्छ भन्ने नै हो ।” सांसद श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक एवं आध्यात्मिक व्यक्तित्व भएको उल्लेख गर्दै भन्नुभयो, “नेपाल तपोभूमि हो, यस बेलामा पशुपतिनाथ, मुक्तिनाथसँग आशीर्वाद लिनुस् र यस्तो तपोभूमि लिनुहुँदैन भनेर निर्णय गर्नुस् ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उहाँले इतिहासको सत्य र तथ्यका आधारमा वार्ता गरी छिमेकीसँगको सुमधुर सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । “नेपालको चीनसँग असल छिमेकीको सम्बन्ध छ, उसले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा असर पु¥याउने काम गरेको छैन तर नेपालको लिपुलेक भएर व्यापारिक र आध्यात्मिक मार्ग बनाउने सम्झौता चीन र भारतले नेपालको सहमतिविना गरे, चीनले त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ”, सांसद श्रेष्ठले भन्नुभयो, “हामी चीनसँगको उदाहरणीय सम्बन्धलाई कुनै पनि कोणबाट कमजोर नहोस् भन्ने चाहन्छाँै ।” नेपाली जनताले नेपालको सम्पूर्ण भूमि समेटिएको नक्शा प्राप्त गरिसकेको उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्रीले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा सरकारले गरेको र यस्तो ऐतिहासिक कदमलाई प्रतिपक्षले समर्थन गरेकामा धन्यवाद दिनुभयो ।

सम्बन्धित खबरहरु