काठमाडौं । रुकुम पश्चिमबाट एकदमै दुःखद खबर बाहिर आएको छ । यहाँको भेरी नदीमा बगेर ३ बालिकाको मृत्यु भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिका–९, मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, अन्दाजी १०–११ वर्षीया गंगा कठायत र १० वर्षीया विजया कठायतको भेरी नदीमा बग्दा मृत्यु भएको डोल्पा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले भेरी नदीले बगाउँदा ३ बालिकाको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार मोतीपुरस्थित भेरी नदी किनारमा गोठालो गएका उनीहरु नदीपारि गाई फर्काउन जाँदा नदीमा पसेको अनुमान छ । यशोधा र विजयालाई भेरी नदीमा बग्दै गरेको अवस्थामा उद्दार गरी जिल्ला अस्पताल पुर्‍याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो । गंगा भने बगेको स्थानबाट ५ किलोमिटर तल मृत फेला परेको डिएसपी रञ्जितकारले बताए । गस्तीमा रहेको प्रहरीले भेरीले मानिस बगाइरहेको देखेपछि उद्दारमा लागेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु