काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिज्ञ क्षेत्रमा तिव्र आलोचनाको सिकार भएका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई कुकुर चराउँदै हिड्न थालेका छन् । सीमा विवादलाई लिएर आएको संविधान संसोधनलाई समर्थन नगरेका भट्टराई तिव्र रुपमा आलोचनाको सिकार भइरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सीमा विवादलाई लिएर भारतलाई बल पुग्ने खालको बयानहरु दिएको भन्दै उनी आलोचनाको सिकार हुनु परेको हो । यो बीचमा उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो कुकुरको फोटो राख्दै लेखेका छन, ‘हाम्रो पेड्रो छिमेकी मित्रसँग सम्बाद गर्दै ! मान्छेले पनि आफ्नो सबभन्दा पुरानो साथीबाट सिके कसो होला ?’

सरकारको दावी छ, नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भयो भने भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फिर्ता ल्याउन सहज हुन्छ ।

त्यसैले नक्सासम्बन्धी संविधान संशोधन विधेयकमा विना शर्त समर्थन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भएका सबै दललाई आह्वान गरिसक्नु भएको छ ।

तर राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले छुट्टै संविधान संशोधन विधेयक दर्ता गरी सत्तारुढ दलले समर्थन गरेमात्र निशान छापसम्बन्धी सरकारी विधेयकलाई समर्थन गर्न शर्त राखेको छ ।

लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सालाई संवैधानिक मान्यता दिन सरकारले ल्याएको विधेयकलाई संसदबाट टुङ्ग्याउनुअघि राजपा र समाजवादी पार्टीले अर्को गैर सरकारी विधेयक दर्ता गरेका हुन् । अहिले सबैको ध्यान एक ठाउँमा हुनुपर्ने भट्टराईसहितका नेताहरुले गलत्त व्यवहार देखाएको भन्दै आलोचना भइरहेको छ ।

सम्बन्धित खबरहरु