‘जिन्दगी रक्स’ लाई मौसमको च्यालेञ्ज

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १८ पुस, २०७१

मोडल अकेषा बिष्ट र नायिका ऋचा शर्मा

चलचित्रमा सौरमराज तुलाधर, अकेषा बिष्ट, सोनम पाख्रिन मुख्य भूमिकामा छन् । तिनै जना कलाकार म्यूजिक भिडियोका चल्तीका अनुहार हुन् । जिन्दगीमा आउने विभिन्न उतारचढाव र मस्तीको कथालाई चलचित्रले पर्दामा देखाएको छ । यो चलचित्रले हल पनि राम्रो पाएको छ । चलचित्रमा राजेन्द्र खड्गी, ऋचा शर्मा लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

तर, देशभर हिजोबाट फेरिएको मौसमका कारण चलचित्रलाई च्यालेञ्ज पनि थपिएको छ । जाडो बढेका कारण दर्शक हलसम्म पुग्न अप्ठ्यारो पर्ने देखिन्छ । यस्तै, आजबाट चलचित्र ‘माइ प्रमिश’ पनि प्रदर्शनमा आएको छ ।

अनलाईन खबरबाट

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७