काठमाडौं । डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक महिलाको ज्यान गएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ की ३० वर्षीया महिलाको मृत्यु भएको स्थानीय प्रहरी चौकीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मंगलबार राति श्रीमानसँग शौचालय गएकी महिला अचानाक बेहोस भएपछि मृत्यु भएको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक धनबहादुर बिष्टले जानकारी दिएका छन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

गन्यापधुरा गाउँपालिकाको असिग्राम माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार उनी आफ्ना श्रीमानसहित ४ दिनअघि भारतबाट फर्केकी थिइन् । मृत्युको कारण खुल्न सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक अनुसन्धान थालेको छ ।

सम्बन्धित खबरहरु