काठमाडौं । पछिल्लो समय एकदमैं चर्चामा रहेको रुकुम पश्चिममा फेरि अर्को घटना घटेको छ । यहाँको मुसीकोट नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा मंगलबार जनप्रतिनिधिको संलग्नतामा तो डफो ड गरिएको छ । १३ नम्बर वडाध्यक्ष दीपक केसी नेतृत्वको टोलीले बेलुकी ८ बजेतिर ह मला गरेको हो । मोटरसाइकलमा आएका केसीले जाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै विवाद सुरु गरेका थिए । त्यसै क्रममा २०–२५ जना युवा आएर तो डफो ड गरेका हुन् ।

 

स्थानीयका घरबाट बाँसका भाटा तथा अरू विभिन्न सामग्री निकालेर चेकपोस्ट तथा चौकीमा ह मला गरिएको थियो । चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले कुर्ची, गाडी रोक्न बनाइएका सामान ताडफोड गरिनुका साथै चौकीमा ढुं गामु ढा गरिएको जानकारी दिनुभयो । बुधबार बिहानदेखि चौकी सुनसान छ । प्रहरी डिउटीमा छैनन् ।

 

चौकी इन्चार्ज साउद उजुरी दर्ताका लागि भन्दै जिल्ला पुगेका छन् । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लीको संयुक्त टोली छिवाङ पुग्यो । प्रहरीले रातभर खोज्दा पनि वडाध्यक्षसहित घटनामा संलग्न अन्यलाई भेटाउन सकेको छैन । वडाध्यक्ष केसीको मोबाइल स्विच अफ रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर ओलीले चौकीका अधिकांश सामग्रीमा क्षति पुगेको छ ।

जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले चौकी तो डफो डमा संलग्न केसीसहित सबैको खोजी भइरहेको र उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइसकेको बताउनुभयो । उनीहरुले यस्तो किन गरेको हुन् भन्ने खुलासा भएको छैन । जानकारी अनुसार उनीहरु म दि रा से व न गरेर आएका थिए भनिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु