काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेताको दिन दहाडै ज्यान लगिएको छ । भाजपा दिल्लीका नेताको ज्यान लगिएको खबर बाहिर आएको छ । पूर्वी दिल्लीको पश्चिम विनोद नगरका पूर्व निगम प्रत्याशी राहुल सिंह उर्फ ​​भुरु सिंहलाई ६ गो–ली लागेको बताइएको छ । राहुल सिंहमाथि बुधवार बिहान हमला भएको हो ।

 

 

जानकारी अनुसार उनी बिहान मर्निङ वाकमा निस्केको बेला हमला गरिएको हो । हमलाकारीहरूले उनीहरूलाई मयूर पब्लिक स्कूल नजिकै ज्यान लिएका थिए । भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार ६ महिना अगाडि पनि राहुल सिंहमाथि घा तक हमला गरिएको थियो तर उनी बाँच्न सफल भएका थिए ।

 

भाजपा नेता राहुल सिंहको आपसी दुश्मनीमा ज्यान लगिएको अनुमान गरिएको छ । दिल्ली प्रहरी टोली घटनास्थल पुगेको छ । लाशलाई पो स्टमा–र्टमको लागि पठाएको छ । प्रहरीले राहुल सिंहका परिवार र नजिकका आफन्तहरूलाई सोधपुछ गरिरहेको जानकारी दिएको छ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु