काठमाडौ । चक्रपात निसर्ग आँधीले भारतको महाराष्ट्र र गुजरातमा भारी वर्षा र आँधी ल्याएको छ । यो विस्तारै कमजोर भई भारतको भुभाग हुँदै पश्चिम र मध्य नेपालतर्फ अगाडि बढ्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो मौसम प्रणाली नेपालको नजिक वा आसपास आएको अवस्थामा मौसममा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । आज बिहानैदेखि यो नेपालसम्म आइपुगेको छ । महाशााखाले प्रदेश १ बाहेक बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षा भएको जनाएको छ ।

आज राति सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू–भागमा मौसम सामान्य बदलि रहनेछ। सुदुरपश्चिम प्रदेश , कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी प्रदेशका भू–भागमा एक(दुई स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिम वायु, अरब सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।

चक्रवात निसर्ग सम्बन्धी अपडेट
नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा विशेष मौसमी बुलेटिन (Special Weather Bulletin) शक्तिशाली चक्रवात निसर्ग (NISARGA) सम्बन्धी अपडेट (जारी मितिः २०७७-०२-२१, दिउंसो ३:०० बजे)

 

शुरुको अवस्था (Initial Status): अरब सागरको दक्षिणपुर्वी भु-भागमा २०७७-०२-२० गते राती बिकसित भएको 'निसर्ग’ (Cyclonic Storm 'NISARGA’) नामाकरण गरिएको चक्रपात आज (२०७७-०२-२१) गते नेपाली समयअनुसार दिउँसो १२:४५ बजे देखि २:४५ बजे सम्ममा भारतको महाराष्ट्र राज्यको तटिय क्षेत्रमा शक्तिशालि सामुन्द्रिक चक्रपात (SEVERE CYCLONIC STORM ) को रुपमा जमिनमा प्रवेश गरिसकेको छ |

 

हालको अवस्था (Present Status): चक्रवातको अवस्थितिः १८.५ : अक्षांश,७३.२देशान्तर चक्रवातको गतिः २३ कि.मि. प्रति घण्टा : अनुमानित हावाको अधिकतम गतिः 1००-1२० कि.मि/घन्टा निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै, मुम्बई वाट ७५ कि.मी र पुणे वाट ६५ कि.मी टाढा रहेको छ। त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर पूर्वी दिशातर्फ मोडिने संभावना छ।हाल यस चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ। देशको खास गरि मध्य र पूर्वि क्षेत्रहरुमा अधिकाशं बदलि रहि केहि ठाउँहरुमा हल्का वा मध्यम वर्षा भएको अवस्था छ।

 

संभावित अवस्था (Future Status): निसर्ग चक्रवात विस्तारै कमजोर भै भारतको भू-भाग हुँदै पश्चिम/मध्य नेपाल तर्फ अगाडि बढने देखिएको छ। यो मौसम प्रणालि नेपालको नजिक वा आसपास आएको अवस्थामा मौसममा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। आगामी शनिवार सम्म नै देशका अधिकांश स्थानहरुमा बदली भई हल्का देखि मध्यम मेघ गर्जन /चट्याङ सहितको वर्षा हुन सक्ने सम्भावना छ, साथै उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु