काठमाडौं । लकडाउनबारे छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको बैठकमा विज्ञहरुले लकडाउनको स्वरूप बदल्नुपर्ने बताएका छन् । विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउन मोडालिटी परिवर्तन गर्न, परीक्षण संख्या बढाउन, क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित पार्न र निजी क्षेत्रका स्वास्थ्य संस्थालाई पनि कोरोना परीक्षणका लागि खुला गर्न सल्लाह दिएका छन् ।

 

लकडाउन लम्ब्याउँदै लगे पनि सरकारले अपेक्षाकृतरूपमा परीक्षणको दायरा बढाउन नसकेको आरोप लाग्दै आएको छ । एकातिर संक्रमणको जोखिम बढ्दै गएको, अर्कातिर जनताको आर्थिक–सामाजिक जीवन प्रभावित भएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन्् । प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा बोलाएर कोरोना नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा विभिन्न क्षेत्रमा व्यक्तिहरूसँग करिब ४ घन्टा परामर्श गरिएको थियो ।

 

बैंठकमा अधिकाशले अहिलेको लकडाउनको स्वरूपलाई परिवर्तन गर्नुका साथै परीक्षणको दायरालाई अझ बढाउँदै लैजान सरकारलाई सुझाव दिएका थिए । विज्ञहरुले प्रधानमन्त्रीलाई लकडाउन नलम्ब्याई अघि बढ्न सक्ने योजनाको तयारी गर्नुपर्ने सुझाव दिएका थिए । जानकारी अनुसार बैंठकमा डा।भगवान् कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरु पीताम्बर शर्मा, स्वर्णिम वाग्ले, शंकर शर्मालगायत अर्थशास्त्री, योजनाविद्, लैंगिकविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद् र नर्सहरुसहित करिब दुई दर्जनको उपस्थिति थियो ।

 

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको पनि सहभागी भएको बैठकमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले सरकारले परीक्षणमा ढिलाइ गरेको गुनासो गरेका थिए । उनीहरूले अब निजी क्षेत्रलाई पनि परीक्षण गर्न पाउने व्यवस्था मिलाउनुपर्ने जानकारी दिए ।

 

भारत र तेस्रो मुलुकहरुबाट आउनेहरुलाई व्यवस्थित रूपमा भित्र्याउन सरकार लागिपर्नुपर्ने सुझाव पनि दिइएको छ । बैंठकमा सहभागी जनस्वास्थ्यविद्हरुले क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गर्न सल्लाह दिएका थिए । स्वास्थ्यकर्मीहरूको सुरक्षाको विषयमा पनि सरकारले ध्यान जानुपर्ने बताइएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु