नयाँदिल्ली । भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका बताइएको छ । आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको थियो । बुधबार राति आँधी आउने भविष्यवाणी गरिएलगत्तै ती गाउँहरु खाली गराएका त्यहाँका नागरिकलाई अन्यत्रै सारिएको थियो । भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आँधी आउने अनुमान गरिएको हो । हिजो राति आएको सो आँधीमा परी पुने जिल्लामा दुई जनाको ज्यान गएको र अरु तीन जना घाइते भएका समाचारमा जनाइएको छ ।

 

पुनेमा करिब एक सय घरमा क्षति पुगेको छ । कतिपय घर भत्किएका छन् भने केहीमा आंशिक क्षति पुगेको बताइएको छ । महाराष्ट्रको तटीय क्षेत्रमा आाधी आउने भन्दै बुधबार नै उद्धार कार्य गरिएको बताइएको थियो । भारतको मौसम विभागले एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आउने अनुमान गरेको थियो । बुधबार रातिदेखि नै आँधी सम्भावित प्रभावित क्षेत्रमा सडक तथा रेल यातायात बन्द गरिएको थियो । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ पनि खाली गराएर त्यहाँका हजारौँ मानिसलाई अन्यत्रै सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

 

हिजोको सो सतर्कताका कारण ठूलो क्षति हुन नपाएको पनि अधिकारीहरुले जनाएका छन् । मृत्यु भएका दुई जनामा एकलाई उडिरहेको जस्ता पाताले लागेर र अर्का एकजनाको घर भत्किएर ज्यान गएको बताइएको छ । प्राय महाराष्ट्रका धेरै क्षेत्रमा क्षतिको अनुमान गरिएकोमा आँधी कमजोर आएको आज बताइएको छ । सतर्कता अपनाउनुका साथै आँधी कमजोर रहेकोले धेरै क्षति नभएको मौसमविद्हरुले बताएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु