काठमाडौं । दुई महिना भन्दा लामो समयदेखि जारी लकडाउन नेपालमा कमजोर हुने देखिएको छ । लकडाउनलाई ध्यानमा राख्दै आजदेखि काठमाडौंका विभिन्न क्षेत्रहरुमा पसल खोल्न थालिएको छ । यो बीचमा काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने जनाएको छ ।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको हो । साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले यसको पुष्टि गर्नुभएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु