syria

काठमाडौं । सिरियामा सन् २०१४ सबैभन्दा खराव वर्ष भएको छ । बेलायती मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राईट्स’का अनुसार सन् २०१४ सिरियामा ७६ हजारभन्दा बढी मानिस मारिएको मारिएका छन् ।

सिरियामा जारी हिंसाको क्रममा मारिनेमा १७ हजारभन्दा बढी निहत्था नागरिक थिए भने ३५ सयभन्दा बढी बालबालिका थिए । उता, वर्ष २०१४ मा इराकमा १५ हजारभन्दा बढीले विभिन्न हिंसामा परी ज्यान गुमाए । इराकमा सन् २००७ यताको यो सबैभन्दा खराब वर्ष बन्यो ।

सिरिया र इराकमा प्रभाव बढाइरहेको इस्लामिक स्टेट (आइएस) विद्रोहीको प्रवेशले यो वर्ष दुबै देशमा हिंसात्मक घटनामा बृद्धि भएको हो ।

सिरियामा राष्ट्रपति बशार अल असदविरुद्ध ४ वर्षदेखि जारी संघर्षको क्रममा हालसम्म २ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु